सप्तरीका थप १६ जनामा कोरोना पुष्टि
वि.सं.२०७७ जेठ २६ सोमवार १२:२७
7.89K
shares
shares

सप्तरी। सप्तरीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आज भेटिएका सबै संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका हुन्।
सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइन बसेकाहरू हुन्।आज थपिएका कोरोना भाइरस संक्रमितहरुको उमेर १२ वर्ष देखि ४५ वर्ष रहेको छ।
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो।संक्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको यादवले बताए।सप्तरीमा १६ जना नयाँ कोरोना संक्रमित बढेसँगै जिल्लामा संक्रमित संख्या ९३ पुगेको छ।




























