नेपाल-भारत सीमाक्षेत्रमा गोली चल्याे, एकको मृत्यु

14.94K
shares

सर्लाही । नेपाल-भारत सीमाक्षेत्रमा तनाव भई गोली चल्दा एक जनाको ज्यान गएको छ । सर्लाहीको नारायणपुरमा गोली चलेको हो ।

भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजे पछि सशस्त्र प्रहरीले गोली गोली चलाएको थियो ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।

आक्रमणकारी तीनजना घाइते भएका छन्। हतियार खोस्न आउने केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ। थप जानकारी आउन बाँकी ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083