गण्डकी प्रदेशमा एक बालकसहित ५ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १९७ पुग्यो

5.5K
shares

 पर्वत ।जेठ ३१ गण्डकी प्रदेशमा शनिबार एक बालक सहित ५ जना कोरोना संक्रमित थपिएका छन ।गण्डकी प्रदेशमा पर्वतको कुस्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जना र नवलपरासी जिल्लाको सुस्ता पुर्व जिल्लामा एक जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पर्वतकै जलजला गाउँपालिका वडा नं १ बाँसखर्कका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

पर्वतमा थपिएका सबै संक्रमितहरु भारतबाट आई कुस्मा स्थित क्वारेन्टाईनमा बसिरहेका र स्वास्थ्य अबस्था सामान्य रहेको छ। उनीहरुलाई कुस्माको गुप्तेश्वर क्याम्पसमा बनाइएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गर्ने तयारी भैरहेको छ ।

यसैगरी साथै गण्डकी प्रदेशमै नवलपरासी जिल्ला बर्दघाट सुस्तापुर्व जिल्लाको मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083