गण्डकीमा थप २१ जनामा कोरोना संक्रमित पुष्टि

6.53K
shares

काठमाडौं।गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।नवलपरासी पूर्वमा १८ जना र पर्वतमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४, मध्यविन्दु नगरपालिकाका २, कावासोती नगरपालिकाका १ र पालिका नखुलेका एकजना रहेका छन्।

यस्तै, पर्वतको फलेबास नगरपालिकामा एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

आज संक्रमित पुष्टि भएका २१ जनालाई नै जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। उनीहरू सबै भारतबाट फर्किएर जिल्लास्थित क्‍वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083