ताप्लेजुङमा पहिरोले विद्यालयको भवन बगायो

6.29K
shares

असार । ताप्लेजुङमा पहिरोले एक विद्यालयको भवन बगाएको छ । गएरातिको अविरल वर्षपछि गएको पहिरोले फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर-४ ईखाबू, खानीमा रहेको रानी आधारभूत विद्यालयको ४ कोठे भवन बगाएको हो ।

विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोले विद्यालयको ४ कोठे भवन, २ कोठे पक्की ट्वाइलेट, विद्यालयको खाजाघर समेत बगाएको छ ।

ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार स्थानीयले लगाएको मकैवारीमा पनि क्षति पुगेको छ । घटनास्थलतर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै,स्थानीय भक्त लाबुङको किचन र सुँगुर पहिरोले बगाएको छ भने स्थानीय २० घरले लगाएको मकैबारीमा क्षति पुगेको बताइएको छ । मानविय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिनुभयो । सो स्थानमा गतवर्ष पनि पहिरो गएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083