बाराको सिम्रौनगढमा तीन जनामा कोरोना पुष्टि
वि.सं.२०७७ असार ६ शनिवार १०:३२
6.29K
shares
shares

वीरगञ्ज । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बतायो ।


















