विप्लव समूहका जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ
वि.सं.२०७७ असार १२ शुक्रवार ०९:४६
shares

काठमाडौं । विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन । धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईला्ई प्रहरीले सुनसरी जिल्लाको धरान १५ बाट पक्राउ गरेको हो ।
लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती पक्राउ गरेको हो ।
इन्चार्ज राईलाई पक्राउ गरिएसँगै थप अनुसन्धान गर्ने क्रममा उनले प्रयोग गरेको मोटरसाईकलको सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।
साथै राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका राई उपर सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।












