आज संसद दिवस : सभामुख र राष्ट्रिय सभाध्यक्षद्वारा शुभकामना

7.75K
shares

काठमाडौँ । आज परेको संसद दिवसको अवसरमा संघीय संसदका दुवै सदनका प्रमुखले शुभकामना अर्पण गर्नुभएको छ। राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त रूपमा शुभकामना सन्देश जारी गर्नुभएको हो ।

सन्देशमा भनिएको छ( ‘विगत लामो समयदेखि लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै विभिन्न संघर्षका क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।’

नेपालको प्रजातान्त्रिक इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै विसं। २०१६ असार १६ गतेका दिन विधिवत रूपमा नेपालमा पहिलो संसद वैठक प्रारम्भ भएको थियो । सोही स्मरणमा प्रत्येक वर्ष असार १६ का दिन संसद दिवस मनाउने गरिन्छ ।

विगतका वर्षहरूमा संसद दिवसका दिन विभिन्न औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष विश्वव्यापी कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम नराखिएको समेत सोही सन्देशमार्फत जानकारी गराइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083