केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
वि.सं.२०७७ असार १६ मंगलवार ११:३५
8.2K
shares
shares

काठमाण्डाै । आज देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाकी मौसमविद् विभूति पोख्रेलले आग्रह गर्नुभएको छ ।



















