गुण्डा नाइकेहरु जेलभित्र यसरी चलाउँछन् राज, थुनामुक्त हुन अनावश्यक चलखेल गर्दै गौचन हत्यामा संलग्न बस्नेत र गुम्बे

10.47K
shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भनिएका गुण्डा नाइकेहरुले आफु जेलमुक्त हुन कारगारबाटै अनावश्यक चलखेल तीव्र बनाएका छन् ।

२०७४ असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित शान्तिनगरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आफ्नै गाडीभित्र गोली हानी दिउँसै हत्या भयो ।

जसको मुख्य योजनाकारका रुपमा गुण्डा नाइके समिरमान सिंह बस्नेत हुन् भनिएको छ । उनी हाल केन्द्रिय कारागार सुन्धारामा छन् । सोही हत्यामा संलग्न थिए श्यामबहादुर ‘गुम्बे’ जसलाई प्रहरीले मुख्य सुटर हुन् भन्दै आएको छ । गौचनमाथि गोलि हान्ने गुम्बे नेपाल आर्मीका भगौडा आर्मी हुन् ।

गौचन हत्यामा संलग्न बस्नेतसहित २३ जना काठमाडौंको डिल्लीबजार कारागार, नख्खु कारागार र मकवानपुरको भीमफेदी कारागारमा छन् ।

तर, उनीहरु कारागारबाटै गुण्डाराज चलाइरहेका छन् । ती २३ जनामध्ये पनि बस्नेत र गुम्बे यतिबेला जसरी पनि जेलमुक्त हुने भन्दै कम्मर कसेर लागेका छन् ।

उनीहरु जति पैसा खर्च गर्नुपरे पनि तयार छौं भन्दै वकिलहरुलाई भनिरहेका छन् । तर, निर्माण व्यवसायीको हत्यामा संलग्नलाई बचाउन गाह्रो हुन भन्दै वकिलहरुले टेरपुच्छर नलगाएपछि फोनबाटै धम्क्याउन थालेका छन् ।

गुम्बे हाल मकवानपुरस्थित भीमफेदी कारागारमा छन् । उनी केही समयअघिसम्म नख्खु कारागारमा थिए । तर, नख्खुमा भनेजस्तो चलखेल गर्न नपाएपछि उनी आफ्नै पहलमा एक वर्षअघि मात्रै भीमफेदी सरुवा भएका थिए । अहिले भीमफेदीबाटै जेलमुक्त हुन वकिलहरु परिचालन गरिरहेका छन् ।

गौचन हत्यामा संलग्न बस्नेतसहित २३ जना काठमाडौंको डिल्लीबजार कारागार, नख्खु कारागार र मकवानपुरको भीमफेदी कारागारमा छन् ।

तर, उनीहरु कारागारबाटै गुण्डाराज चलाइरहेका छन् । अधिकांसको हातमा मोवाइल फोन छ, जुन विषयमा प्रहरी प्रशासन पनि जानकार छ । कारागार प्रशासन त नहुने कुरै भएन । तैपनि प्रशासनकै मिलेमतोमा कारागारभित्र फोनमार्फत ठेक्कापट्टाको काम मिलाउने काममा गुण्डा नाइकेहरु लागेका छन् ।

बस्नेत र गुम्बेले कारागारबाटै ठेकेदारमार्फत वकिलको ढोका घच्घच्याइरहेका छन् । यतिसम्मकी जेलभित्रै आलिसन सुविधा पाइरहेका गुण्डा नाइकेहरु थुनामुक्त हुन दैनिकजसो राजनीतिक दलका नेताहरु, उच्च तहका कर्मचारी, ठूला ठेकेदारहरु र न्यायधीशसँग पनि सम्पर्कमा रहन्छन् ।

अर्का गुण्डा नाइके दावा लामामाथि भएको गोली प्रहारमा पनि संलग्न रहेका प्रहरीको दावी छ । लोप्साङ लामा र रोशन बुढाथोकी पनि जेलमै छन् ।