नख्खु जेल ‘ब्रेकर’ पूर्वसांसद वीरबहादुर लामाको निधन
वि.सं.२०७७ कात्तिक २३ आइतवार १०:३७
11.04K
shares
shares

काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । उनको आइतबार बिहान ४ बजे निधन भएको हो ।
मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए ।
२०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।
२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


















