प्रधानसेनापतिद्वारा राष्ट्रसेवामा जुट्न आग्रह

8.98K
shares

प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गर्नुभएको छ ।

एनसिसी अल्मुनाई एशोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उहाँले कोभिड–१९ प्रतिकार्यमा विविध समस्या, चुनौती, अभाव र शंसयबीच गरेको कार्यको प्रशंसा गर्नुभयो ।

प्रधानसेनापति थापाले भन्नुभयो, “समाजका विकृति, बेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मूल गरी सुसंस्कृत र सभ्य समाज निर्माणको पनि सेवा दलबाट दीक्षित जनशक्तिले जिम्मेवारी बहन हुनुपर्छ ।”

मुलुकका ७७ वटै जिल्लाका विद्यालयबाट राष्ट्रिय सेवा दलमा आबद्ध भई दीक्षित हुन चाहना राख्नेको सङ्ख्या पछिल्लो समय उत्साहप्रदरुपमा बढिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेवा दलबाट प्रशिक्षण लिनेको सङ्ख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजार भन्दाबढी युवाले उक्त तालीम प्राप्त गर्दै आएका छन् ।

राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्वद्र्धनमा जोड दिँदै अनुशासित युवा जनशक्ति तयार गर्ने सेवा दलको उक्त कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय सेवा दलमा हाल कार्यकारी महानिर्देशक पूर्वउपरथी रघु भण्डारी हुनुहुन्छ ।

पुस्तकमा भूकम्पपछिको सामाजिक–आर्थिक पुनःस्थापना
भूकम्पपछिको सामाजिक–आर्थिक पुनःनिर्माणमा भएका पहलका अनुभव समेटेर प्रकाशित पुस्तक सार्वजनिक गरिएको छ ।

विभिन्न संस्थाको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा प्रकाशित ‘द राइजिङ फ्रम द रुइन्स ः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक सार्वजनिक गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राधिकरणले भौतिक पुनःनिर्माणसँगै सामाजिक–आर्थिक पुनःनिर्माणलाई अगाडि बढाउन यथेष्ट जोड दिएको बताउनुभयो ।

पुनःनिर्माणका अनुभव आगामी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्राधिकरणका सचिव सुरेश आचार्यले जीविकोपार्जन र आर्यआर्जनका क्षेत्रमा प्राधिकरणको अभियानलाई धेरै संस्थाले साथ दिएको बताउनुुभयो । पुस्तक पुनःनिर्माण र पुनःस्थापना प्रयासको महत्वपूर्ण अभिलेख भएको उहाँको भनाइ थियो ।

पुस्तकमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णुबहादुर भण्डारीसहित १८ विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिका अनुसन्धानमा आधारित आलेख समाविष्ट छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा चन्द्रबहादुर श्रेष्ठ, डा हरिराम पराजुली, पुस्तक प्रकाशनमा सहयोग गर्ने तथा आलेख उपलब्ध गराउने संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

धार्मिक उत्सव एवं चाडपर्वले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गर्नुभएको छ । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक -सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083