बौद्ध प्रहरीद्वारा निषेधाज्ञामा रेष्टुरेन्ट खोलेर तास खेल्ने ७ जना नगद सहित कर्याप्यै

10.96K
shares

काठमाडौँको बौद्धबाट प्रहरीले मंगलबार दिउँसो ३ बजे तास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत, बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धस्थित हिरा तामाङ्गले संचालन गरेको क्यामिडा रेस्टुरेन्ट एण्ड बारबाट उनीहरु पक्राउ परेको डिएसपी नविन कार्कीले कान्तिपथ डटकमलाई बताए।

डिएसपी कार्कीका अनुसार चित्र लामा, युवराज लामा, पेमा लामा, हिरा तामाङ्ग, फुर्वा शेर्पा, आशा लामा र विजय लामालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार युवराज लामा भने रेस्टुरेन्टमा काम गर्ने कर्मचारी हुन् ।

पक्राउ परेकाको साथबाट ३ बुक तास र एक लाख ८४ हजार ३४५ रुपैयाँ बरामद भएको जानकारी कार्कीले दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सरकारले जारि गरेको निशेधाज्ञा उल्लङ्घन गर्दै भिडभाड गर्ने र रेस्टुरेन्ट खोलेको अभियोगमा समेत उनीहरु माथि कारबाही चल्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083