ओलीको सिकारमा बादल: नघरको न घाटको !

51.56K
shares

काठमाडौ । रामबहादुर थापा बादल माथी आज अर्थात जेठ ६ गते कालो बादल लागेर झरी परेको दिन जस्तै उनको नियतिमा पनि उस्तै बादल र झरि पर्‍यो ।

सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिए सगै उनी मन्त्रीपद बाट पदमुक्त भएका छन् भने राष्ट्रिय सभामा झिनो मत अन्तरले पराजय व्यहोरेका छन् ।

राम बहादुर थापालाई जनताले धेरै ठुलो रगत,आसु र पसिना बगाएर ‘क.बादल’ बनाएका थिए भने हजारौं कार्यकर्ताको समर्पण बाट निर्माण आशा लाग्दा नेता बादल राजनीतिक रुपमा चरम संकट र आफ्नै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली बाट नै घात हुनु सामान्य विषय भने होइन।

प्रधानमन्त्री ओली जनयुद्ध र गणतन्त्रको घोर विरोधी हुन् । उनलाई न गणतन्त्र ल्याउने मान्छे मन पर्छ नत जनयुद्ध गर्ने ती हिजोका माओवादी नै मन पर्छ। केहि समय पहिले मात्रै बादललाई कुहिएको फर्सीको संज्ञा दिएका प्रधानमन्त्री ओलीले आफू संकटमा पर्दा मन्त्री पदको लोभ देखाएर काखमा राखे भने अहिले सर्प पनि न मर्ने लठ्ठी पनि न भाँचिने जुक्ति नै निकालेर बादल लगायत माओवादी केन्द्र बाट प्रवेश गरेका सबै मन्त्रीहरुलाई पद मुक्त गराउन सफल भएका छन् ।

राष्ट्रियसभाबाट निर्वाचित भएर आएका बादल ओेली नेतृत्वमा प्रचण्ड कोटाबाट गृह मन्त्री बनेका थिए ।
प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमलाई साथ दिएका बादल पद र प्रतिष्ठाको निम्ति सडक बाट राजनीतिक उचाइमा पुर्‍याउने प्रचण्डलाई धोका दिन पछि परेनन् । अन्ततः सर्वोच्चको २०७७ फागुन २३ गतेको फैसलापछि एमाले माओवादी पूर्ववत् अवस्थामा फर्कन बाध्य भएपछि बादलसहितका केही माओवादी नेताहरु ओलीतिरै समेत बसेर आश्चर्य नै बनाए ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका बादललाई अन्तत: प्रधानमन्त्री ओलीले नै अपारदर्शी ढंगबाट धोका दिएका छन् । परिणामस्वरूप पूर्वएमाले मत नदिदाँ बादल राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित बन्न पुगेका हुन् । उपनिर्वाचन भएकै दिन सर्वोच्च अदालतले बादलको गृहमन्त्री पद खारेज गरिदियो । अन्तत : बादल न घरको न घाटको भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083