पूर्वमन्त्री वर्षमान पुनको उपचार बैंककमा सुरु

5.94K
shares

माओवादी केन्द्रका तथा पूर्वमन्त्री वर्षमान पुनको थाइल्याण्डको बैंककमा उपचार सुरु भएको छ । पुनको आज बिहानैबाट बैंककस्थित बुम्रुङगार्ड अस्पतालमा उपचार सुरु भएको हो ।

बुधबार अपरान्ह बैंकक पुगेर पुन अस्पताल भर्ना भएका थिए । पुनको सचिवालयका अनुसार उपचार सुरु गर्नुअघि कोभिड परीक्षण  गरिएको छ । कोभिड–१९ परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि जण्डिसको उपचार सुरु गरिएको छ।

पुनको यसअघि पनि सोही अस्पतालमा करिब एक महिना भर्ना गरेर उपचार गरिएको थियो ।

वान्ता आउने, ज्वरो लगायतमा समस्या देखिएपछि पुन ललितपुरस्थित सुमेरु अस्प्तालमा उपचार भर्ना भएका थिए । थप उपचारका लागि बुधबार बिहान बैंकक जानु भएको हो । पूर्वमन्त्री पुनसँग उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसमेत बैंकक गएकि छिन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083