बारको राष्ट्रिय सम्मेलन स्थगन

6.72K
shares

नेपाल बार एसोसिएसनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मलाई स्थगित गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।बारमा प्रत्येक नयाँ कार्यसमितिले कानून व्यवसायीको राष्ट्रिय सम्मेलन गरी कानून क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशा तय गर्ने गर्दछ । वर्तमान कार्यसमितिले आएपछि कोरोनाका जोखिमका कारण राष्ट्रिय सम्मेलन गर्न पाएको  थिएन । आगामी जेठमा राष्ट्रिय सम्मेलन तय भएको भए पनि कोभिडका कारण तत्कालका लागि स्थगित गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083