सिद्धार्थनगर नगरपालिकामा मानव बेचबिखन विरुद्धको बैठक सम्पन्न

3.86K
shares

सिद्धार्थनगर, रूपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मानव बेचबिखन विरुद्धको परियोजना सल्लाहकार समितिको बैठक आज सम्पन्न भएको छ। बैठकमा शुभ अवसर ग्रामले मानव बेचबिखन विरुद्धको अभियानमा नगरपालिकालाई उत्कृष्ट बनाउन योगदान पुर्‍याएको विशेष धन्यवाद ज्ञापन गरिएको छ। बैठकमा नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले शुभअवसर ग्राम र अन्य स्थानीय संस्थाहरूले मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय भुमिका खेलेको भन्दै धन्यवाद समेत दिएका हुन् ।

उनले गत वर्षको तथ्याङ्कलाई हेर्दा मानव बेचविखनको दरमा ८०% ले कमि आएको उल्लेख गर्दै महिला बालबालिकाको जोखिमपूर्ण जीवनलाई सम्बोधन गर्न परिणाममुखी (रिजल्ट ओरिएन्टेड) कार्ययोजना बनाउन समेत निर्देशन दिएका छन् । त्यस्तै कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत जनक थापाले मानव बेचबिखन विरुद्धको अभियानमा सबै पक्षको सहकार्यले ठोस उपलब्धि हासिल गर्न सकिने बताएका हुन् ।

शुभ अवसर ग्रामका भैरहवा शाखा प्रमुख सत्य नारायण यादवले संस्थाको कार्ययोजना र भावी रणनीति प्रस्तुत गरेका हुन् । बैठकमा सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरूलाई मानव बेचबिखन विरुद्ध एकजुट भएर काम गर्न आह्वान गरिएको थियो।


divya collage
unigloble collage