औषधि अभावका कारण क्षयरोगीको ज्यान जोखिममा

Nepal Life Insurance Long Ad

भक्तपुर । औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी एमडिआर उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो ।

क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी एमडिआर का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो ।

काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनुभएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरेका छन् । दुई सातादेखि ‘क्यानामाइसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए । ललितपुरको भैँसीपाटीबाट उपचारमा आएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए ।

राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ ।


सिन्धुली प्रहरीद्वारा  निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

सिन्धुली प्रहरीद्वारा निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

२०८१ साउन २३ बुधवार

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर उत्कृष्ट कामकाे शुरुवात...

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ असार २३ आइतवार

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२०८१ असार १ शनिवार

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल जावलाखेलको...

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

२०८१ असार १ शनिवार

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक...

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

२०८१ जेठ १५ मंगलवार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत...

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

२०८१ जेठ ७ सोमवार

राेल्पा । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं.४ लिबाङ स्थित...