चिनियाँ वैज्ञानिकलाई तीन वर्षको जेल सजाय

Nepal Life Insurance Long Ad

एजेन्सी । विश्वको पहिलो जिन सम्पादन गरिएका शिशु निर्माणमा संलग्न वैज्ञानिकलाई तीन वर्षको जेल सजाय भएको छ । हे जियानकुयीलाई मानव भ्रूणमा प्रयोग गरेर सरकारी प्रतिबन्ध उलंघन गरेको आरोप लागेको छ । हे जियानकुईले आफ्नो प्रयोगले शिशुहरुमा एचआईभी प्रतिरोधी क्षमता विकास हुने बताएका थिए ।

परीक्षणको घोषणापछि हीको विश्वव्यापी आलोचना भएको थियो । उनले जिन परिवर्तन गरेका जुम्लाहा शिशुको अघिल्लो वर्ष नोभेम्बरमा जन्मिए । सिन्ह्वा समाचार एजेन्सीले उक्त परिक्षणमा तेस्रो बच्चाको पनि जन्म भएको खुलासा गरेको छ, जुन यस अघि बताइएको थिएन ।

ग्वाङदोङ प्रान्तको स्थानीय सरकारले शिशुलाई चिकित्सकीय निगरानीमा राखेको बताएको छ ।
तीन वर्षको जेल सजायको अतिरिक्त उनलाई तीस करोड युआन ४,३०,००० डलर पनि जरिवाना लगाएको छ । हेको परिक्षणमा सहयोगी भूमिका निभाएको आरोपमा अन्य दुई व्यक्तिलाई पनि सजाय दिइएको छ । झाङ रेन्ली र क्वीन जिङघाउ नामका ती व्यक्तिलाई हे भन्दा केही कम सजायँ तोकिएको छ ।

सेन्झेनस्थित अदालतले ती व्यक्तिले ‘व्यक्तिगत प्रसिद्धि र फाइदा’को लागि काम गरेको र त्यसक्रममा ‘चिकित्सकीय नियमको गम्भिर उलंघन’ भएको बतायो । ‘तिनले वैज्ञानिक परिक्षण र चिकित्सकीय नैतिकताको न्युनतम नियमलाई पनि उलंघन गरेका छन् ,’ अदालतले अगाडि भनेको छ । अघिल्लो वर्ष एपीलाई एक भिडियो खिचाउदै हेले आफ्नो परिक्षणको घोषणा गरेका थिए ।

उनले आफ्नो परिक्षणबारे बोल्ने क्रममा आफू विवादित हुनसक्ने भन्दै भनेका थिए ,‘ तर शिशुका अभिभावकलाई यो प्रविधि चाहिएको थियो र म तिनको लागि आलोचना सहन पनि तयार हुन्छु ।’भिडियो सार्वजनिक भएपछि चीन र विश्वभरका वैज्ञानिक समुदायले उनको चर्को आलोचना गरेका थिए ।

चिनियाँ सरकारले हेमाथि प्रहरी अनुसन्धान सुरु गरेर उनको अनुसन्धानमा रोक लगाउने निर्देशन दिएको थियो । हे उनको विश्वविद्यालयको सहायक प्रद्यापकको पदबाट पनि बर्खास्त भएका थिए । चिनियाँ एकेडेमी अफ साइन्सले एक वक्तव्य जारी गरेर मानवमा ‘गम्भिर रुपमा विरोध’ गर्ने बताएको थियो ।

उनको जिनलाई सीसीआर–फाइभ भन्ने जिनलाई आक्रमण गरेका थिए । यो मानव प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण हुने जिनको सूचक समूह हो । तर तिनले संक्रमित कोषबाट एचआईभीको लागि मार्ग खोलिदिने गर्छ । सीसीआर–फाइभमा गरिने उद्विकासले उक्त मार्गलाई बन्द गरिदिन्छ र मानिसलाई एचआईभीविरुद्ध प्रतिरोध प्रदान गर्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले सात जोडीलाई अध्ययनमा लिन चाहेका थिए । उनले अध्ययनमा समावेश गरेको सबै जोडीमा पुरुष एचआईभीबाट संक्रमित थिए भने महिला स्वस्थ थिए । त्यसपछि उनले टेस्ट–ट्युव प्रविधिमार्फत भ्रुण बनाए र त्यसमा सीसीआर–फाइभ भन्ने जिन सम्पादन प्रविधि प्रयोग गरे ।

भावि असर

जिन सम्पादित शिशुले के असर भोग्नेछन् भन्ने प्रष्ट छैन तर तिनको प्रभाव स्थायी हुन सक्छ। यदी ती शिशु ठूलो भएर प्रजनन प्रक्रियामा संलग्न हुन सकने भने तिनको शरिरको जिनमा गरिएको परिवर्तन तिनको सन्तानमा पनि स्थानातरण हुन सक्छ । यसले मानव जातिमै दिगो परिवर्तन गर्ने सम्भावना छ ।  हेको परिक्षणको अवस्था झनै जटिल छ ।

यो महिनाको सुरुमा, जब हेको परिक्षण पहिलो पटक प्रकाशित भयो तब वैज्ञानिकहरुले हेले दावी गरेको परिणाम ननिस्किएको बताए । संयुक्त अधिराज्यमा रहेको फ्रान्सिस क्रिक इन्स्टीच्युटका प्रद्यापक रोबिन लोभेल–ब्याजले हेको सम्पादनको असरबारे अहिले केही भन्न नसक्ने बताए ।

‘हालसम्म यीनको अस्तित्व नभएकाले यस्तो उद्विकासबारे अध्ययन नै भएको थिएन । अहिलेको मुख्य चासो भनेको ती तिन शिशु स्वस्थ रहलान् कि नरहलान् र आफ्नो हेरचाह गर्न सक्ने हुन्छन् कि हुदैन भन्ने हो ,’ रोबिनले भने ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...