यसरी बढाउन सकिन्छ, कोरोनासँग लड्ने क्षमता !

11.1K
shares

हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोभेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । यसैबीच कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

१– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।

२– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३– घाममा बसौँ ।

४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।

५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।

६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।

७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९– पर्याप्त मात्रामा सुतौं ।

१०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।

११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२– दिल खोलेर हाँस्ने गरौँ ।

१३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।

१४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५– सरसफाइमा अल्छी नगरौँ ।