डरको पर्खाल

18.06K
shares

-रमेश विश्वकर्मा

मानव सृजित युद्धको अन्तिम विकल्प सम्झौता हो, प्रकृती सृजित युद्धको विकल्प मौनता र धैर्यता हो । द्धितिय विश्वयुद्धको अन्ततिर पक्ष राष्ट्रहरुको नेतृत्व गर्दै सन १९४५ अगस्त ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकियमा एटम वम प्रहार गर्यो ।  यस पश्चात जर्मनी र जापानको एलायन्स कम्जोर बन्यो । जर्मनीले धुरी राष्ट्रहरु समक्ष आत्म समर्पण गर्यो, जापान विश्व राजनतिमा कम्जोर बन्यो । करिव सात करोड पचासलाख मानिसको मृत्यु सँगै दोश्रो विश्व युद्धको कारुणिक अन्त भयो । विश्वयुद्धको अन्त भए पनि पुजीवादी र समाजवादी विचार विचको सित युद्ध भने यहि विन्दु बाट शुरु भयो । दोश्रो विश्वयुद्ध पश्चात विश्वमा कैयौ देशहरु स्वतन्त्र भए पनि कैयौ देश चरम राजनितिक संकटमा फसे, ति राष्ट्रहरु शक्ति राष्ट्रका कठ्पुत्ली राज्यमा रुपान्तरित भए । यस पश्चात कोरिया, जर्मनी लगायतका देशहरु शक्ति राष्ट्रहरुको ईच्छामा बाडिए । वर्लिन पर्खाल ढले पछि, दुई धु्रविय विश्व एकल धु्रविय रुपमा रुपान्तरित भयो । विशौ शताब्दि भरि चलेको सित युद्धमा समाजवादी र पुजीवादी विचको भौगोलिक विभाजन र राजनितिकि विचारको विभाजित रेखा थियो वर्लिन पर्खाल ।

दोश्रो विश्वयुद्धमा कम्जोर सावित भएका देसशरु, तत्कालिन विश्वमा विद्यमान विश्व राजनितिक विचारधाराका आधारमा कुनै देश पुजीवादी देशहरुको विचारको पोल्टामा फसे भने कोही समाजवादी विचारको पोल्टामा फसे । दोश्रो विश्व युद्ध अन्त सँगै जर्मनीको पनि यहि गति भयो, जर्मनीको भुगोललाई अमेरिका, फ्रान्स, वेलायत, रुसको हिस्सामा विभाजन गर्ने निर्णय भयो । यो निर्णय मुख्यतः पुजीवादी र समाजवादी धुरी विचको समझदारी थियो । पुजीवादी धु्रवको भागमा जर्मनीको पश्चिमी क्षेत्र पर्यो भने पुर्वी क्षेत्र सोभियत संघ वा समाजवादी विचारको भागमा पर्यो । विस्तारै पुजीवादी राष्ट्रहरुको नियन्त्रणमा रहेको पश्चिमी क्षेत्रमा रिपब्लिक अफ जर्मनीको उदय भयो, पुर्वी क्षेत्रमा डेमोक्र्याटिक रिपब्लिकको उदय भयो । यति वेला सम्म सिंगो जर्मनी विभाजन भए पनि वर्लिन सोभियत संघको अधिनस्त थियो ।

जर्मनको पश्चिमी क्षेत्रमा विकास भएको रिपब्लिक अफ जर्मनी पुजीवादको एक हिस्सा बनि सकेको थियो किन भने अमेरिका लगायत पुजीवादी देशहरु यस क्षेत्रलाई पुजीवादको आधार क्षेत्रको रुपमा विकास गर्न चाहान्थे । १९४९ देखी १९६१ सम्ममा पुर्वी जर्मनीका करिव २५ लाख जर्मनहरु पश्चिम जर्मनीमा पलायन भई सकेका थिए । यहि पलायनलाई रोक्नका लागी वर्लिनमा विशाल पर्खाल निर्माण गर्न आदेश दिएको थियो । शासकहरुको एउटा आदेशको भरमा १३ अगस्त १९६१ को केहि घण्टामा वर्लिनमा १५५ किलोमिटर लामो काडेतार सहितको ३.५ मिटर अग्लो वर्लिन पर्खालको निर्माण भएको थियो ।

करिव तिन दशक सम्म यो पर्खालले केवल जर्मनीलाई विभाजन मात्र गरेन सिंगो विश्वलाई पुजीवादी र समाजवादी धु्रवमा विभाजित गरि दिएको थियो । अन्तः सन १९८९ मा जर्मनहरु एकिकृत जर्मनको पक्षमा लडे, जव वर्लिन पर्खाल ढल्यो जर्मन फेरी एक भयो, यहि समय बाट सोभियत संघ विघटनको श्रृंखला सुरु भएको थियो । शक्ति राष्ट्रहरुको शक्ति संघर्ष र  वैचारिक विभाजनका कारण विश्व मानवसमुदायमा रोपिएको यो वैचारिक डढेलो वर्लिन पर्खाल ईतिहास बनि सक्दा सम्म पनि निभेको छैन ।

गत डिसेम्वर मा चिनको हुवानमा फैलिएको कोरोना प्रकोपले विश्वव्यापी रुपमा महामारीको रुप लिन्छ भन्ने कल्पना न वैज्ञानिकहरुले गर्न सकेका थिए न जनस्वास्थ्य विज्ञहरुले तर कोरोनाको असर विश्वव्यापी  रुपमा फरक रुपमा विकास हुदै गईरहेको छ, कोरोना मानव स्वास्थ्यको ठुलो चुनौती बन्दैछ । पछिल्लो चार महिनाको अवधिमा कोरोना विश्वव्यापी रुपमा डढेलो सरी फैलि सेकेको छ । कोरोना रुपी डढेलोलाई कसरी नियन्त्रण गर्ने वैज्ञानिक विधि पत्ता लाग्न सकेको छैन । घरमै बस्ने, सावुन पानीले हात धुने र सामाजिक दुरी कायम राख्ने कोरोना संक्रमण बाट बच्ने वैज्ञानिक विधि अहिलेको अवस्थामा यहि हो । मानव समुदाय एउटा जिवाणु÷भाईरसको कारण यति विघ्न आतिएको डराएको यो घटना मानव समुदायका लागी पहिलो अनुभव हो । कोरोनाले विश्व विकासको गतिमा बे्रक लगाई दिएको छ, सिंगो मानव समुदायको निद हराम गरी दिएको छ, वैज्ञानिकहरुलाई वेचैन पारि दिएको छ भने विज्ञानलाई चुनौती दिई सकेको छ ।

विश्वव्यापीकरण, अन्तरदेशिय सम्बन्ध र सामाजिक दुरीको सवालमा गम्भिर प्रश्नहरु उब्जाई दिएको छ । जनस्वास्थ्य सँग सम्बन्धि कोरोना भाईरसको समस्या व्यावस्थापन, विश्वयुद्ध व्यावव्स्थापन भन्दा चुनौतीको रुपमा विकास भएको कुरा विश्व स्वास्थ्य संगठन लगायतका शक्ति राष्ट्रहरुले ऐलायन गरि सकेको छ । मेडिकल साईन्सलाई फेल पार्ने यो भाईरसले वर्तमानमा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यमा समस्या उत्पन्न गरि सकेको छ । कोरोना भाईरसको कारण सिंगो विश्व ठप्प भएको छ, अन्तर व्याक्ति, अन्तर सामाज, अन्र्तराष्ट्रिय रुपमा वर्लिन पर्खाल भन्दा बलिया पर्खालका रुपमा विकास भईसकेको देखिन्छ ।

कोरोना भाईरसको कारण अहिले विश्वमा झण्डै दशलाख मानिस संक्रमित भई सकेको छन जस मध्येमा ४७ हजार मानिसहरुले यस भाईरसका कारण ज्यान गुमाई सकेका छन । संक्रमित संख्यालाई आधार मान्ने हो भने पुग नपुग ५ प्रतिशत मान्छेको ज्यान कोरोना भाईरसको कारणले गएको देखिए, ईटली, स्पेन, अमेरिकामा देखिएका दर्दनाक दृश्यहरुले कोरोना विश्व मानव समुदायको वेचैनी बनि सकेको छ ।

पछिल्लो समय हामीले अत्यास लाग्दा समाचाहरु सञ्चार माध्यममा देखि रहेको छौ । कोरोना कहरले सिमानाकामा देखिएको विरक्त लाग्दा दृश्यहरु, दिल्ली बाट नेपाल हिडेरै आएको रिर्पोटहरु, महाकालि नदिमा हाम फालेका समाचारहरुले कोरोना देखि सिंगो विश्व सँगै नेपाली समुदायमा मनोवैज्ञानिक कति परि सेको छ प्रष्टिन्छ ।

सायद यो शक्ति राष्ट्रहरुको वैचारिक र राजनैतिक लडाई भएको भए, शक्ति राष्ट्रहरु विचको शक्ति संघर्ष भएको भए, आजको चार महिनाको समय सम्म यी अत्यास लाग्दा दृश्य र घट्नाले अर्को नयाँ मोड लिई सकेको हुन्थ्यो तर कोरोनाले विश्व जगतलाई ठप्प मात्र होईन प्रविधिको गतिलाई फेल गरि दिएको छ ।

विश्वव्यापी रुपमा सल्किएको कोरोना रुपि डढेलो जनस्वास्थ्यको एउटा सम्वेदनशिल पाटोको रुपमा विकास भई सकेको यो अवस्थामा मनोवैज्ञानिक रुपमा सामाजिक चुनौती बनेको छ । कोरोनाले निर्माण गर्दै गरेको यो कोरोना रुपी पर्खालाई चिकित्सा विज्ञानले भत्काउन सफल होला वा यस भाईरस विरुद्धको मनोवैज्ञानिक लडाई लड्न के, विश्व समुदाय तयार होला ? वर्लिन पर्खाल ढले जस्तै गरि एक दिन कोरोना रुपी पर्खाल विज्ञानले भत्काउला ? वा विज्ञान र प्रविधिको विकासले पनि विश्राम लेला ?

विश्वको जनसँख्याको करिव एक तिहाई जनसँख्या गुप्त रुपमा समय विताई रहेको वेला विज्ञान र प्रविधिले यावत प्रश्नहरुको उत्तर दिन सक्ला नसक्ला तर पनि कोरोनाको डरले निर्माण भएका बर्लिन पर्खाल भन्दा बलिया मन भित्रका डरका पर्खाहरु भत्काउन सिंगो मानव समुदाय सकारात्मकताका साथ लड्न जरुरी छ । जहाँ छौ, शुरक्षित रुपमा बसौ, सामाजिक दुरी बढाऔ, सरसफाईमा ध्यान दिउ, सकारात्मक विचारको  विकास गरौ । यहि नै अहिलेको समयको बुद्धीमता हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083