आज संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बाट स्वीकृत

1.27K
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट हुने सम्बोधनलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

सम्भावित कार्यसूचीअनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

यससँगै सङ्घीय संसद्को दुवै सदनको अधिवेशन पनि आजदेखि सुरु हुँदैछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083