पठाओ राईडर युवाको सोच र नेपालको भविष्य !

Nepal Life Insurance Long Ad

करिब २ बजेको समयमा म अनामनगर जाने सोचमा पठाओ राईड बुक गरे अन्दाजी १९-२० वर्षका युवासंग राईडमा बसे पछि हाम्रो वार्तालाप सुरु भयो । युवाले फ्याट प्रश्न तेर्साए “ दाई हजुर हेर्दा कुनै कर्मचारी जस्तो लाग्यो हजुर नराम्रो नमान्ने भए एउटा प्रश्न गरौ ?” मैले भने “हुन्छ भाई! म सरकारी कर्मचारी हैन म एउटा नेपाली युवा हु र म प्रजातन्तान्त्रिक विचारधारामा आवद्ध छु “। सायद मेरो यति परिचय भाईलाई पर्याप्त थियो । भाईले प्रश्न गर्दा अलि हच्चकच्चिएर गर्न खोजेको लागेर मैले उहालाई ठ्टयौलो पारामा भने “भाई ! डराउनु पर्दैन म कम्युनिष्ट विचारधाराको अनुयायी नभईकन प्रजातान्त्रिक विचारधारामा हिड्ने र देश र जनताको विकास प्रजातान्त्रिक विचारबाट हुन्छ भन्नेमा विश्वास गर्ने युवा हो ।

तपाईको प्रश्न के छ मनमा के लागेको छ भन्नुस तपाईको मनको प्रश्नको सके सम्म समाधान गर्ने प्रयास म गर्ने छु । “यति भनेपछि भाईले भन्नु भयो – “दाई यो शिक्षकहरुको आन्दोलन अहिले हुदै छ यहा बानेश्वरमा यसबाट हामीले के सिक्ने ? शिक्षक नै यहा पिडित छन के शिक्षकहरुले यसरी आन्दोलन गर्दा नेपाल सरकारका मन्त्री तथा नेताहरुलाई कुनै अप्ठयारो परेको छ त ? प्रश्न गम्भिर थियो मैले उहालाई भने भाई तपाईले उठाउनु भएको प्रश्न एक्दमै जाएज र समय सान्दर्भिक छ । पहिलो कुरा त साच्चै भन्नु पर्दा शिक्षकहरुले गरेको प्रदर्शन जायज होला न होला त्यो मैले भन्ने भन्दा पनि शिक्षक वर्गले आफैले विचार गर्ने कुरा हो । सायद यो आन्दोलन जायज नै होला तर यसले नेपाली समाजमा राम्रो संदेश भने पक्कै दिंदैन कारण यहा जुन प्रकारले प्रदर्शन गरिएको छ यसले त नेता र सरकारलाई अप्रत्यक्ष हानी पुगेको होला तर प्रत्यक्ष यहा हानी जनतालाई परेको छ । उहाहरुको समस्या समाधान गर्नु पर्छ यो सरकारले तर उधारो समझौता गरेर हैन वार्ता गरेर र काम गरेर निति नियम बनाएर त्यसको पुर्ण पालना गर्न लगाउनु पर्छ । अहिले बनेको सरकार साच्चै भन्ने हो भने प्रतिपक्ष र पक्षको समिश्रणबाट बनेको सरकार हो ,यसमा दुई धारका विचारहरु मिश्रित भएर बनेको छ । भन्ने नै हो भने यो देश विकास गर्न र यहाको समस्या समाधान गर्न साझा सरकार बनेर यसरी शाशन सत्ता चलाउनु पर्ने नै थियो यो देशमा ।

पक्कै पनि तपाईले भनेको जस्तो यहा रोडमा प्रदर्शन गरेर सरकारले सुन्दैन ! किन कि सरकार धेरै बाठो छ आन्दोलन पनि यस्तो समयमा गर्न प्रोत्साहित गरेको छ कि जसको असर सरकारलाई हैन जनतालाई पुग्ने गरि गर्न लगाएको छ । यो शिक्षकको आन्दोलनमा नेपाली काग्रेस ,एमाले तथा माओवादी लगाएतका अन्य १३ पार्टीको समेत समप्थन रहेको संयुक्त शिक्षक आन्दोलन हो । यसले कसरी आफ्नो पार्टीको नेतालाई हानि पुग्ने काम गर्न सक्छ त ? नेताहरुलाई अपठ्यारो पर्ने कार्य गरेमा त सरकारले त्यहा उपस्थित हुने शिक्षकका नाममा राजनिति गर्ने भिजिलान्तेहरु कारवाहीमा परि हाल्छन नि ! यति भने पछि भाईले भन्नु भयो ! दाई के यो देशमा बस्न अब नेपाली नागरिकताको साथ साथै दलको कार्यकर्ता हुनै पर्ने हो त ? मैले मेरो दाई दिदिहरुको हविगत देखि सके दाई म चाहि अब विदेश जाने विचारमा छु पछि मेरो घरपरिवार पनि उतै लाने सोच बनाएको छु , यो देशमा केहि हुन्न दाई ! मैले भने भाई तपाईको कुरामा म सहमत हुन सकिन तर समय परिस्थित र सरकारको रवैयाले लाग्छ कतै तपाई सहि हुनुहुन्छ कि भन्ने ! तपाईले जुन कुरा गर्नु भएको छ मलाई लाग्छ मेरो देशको भविष्य साच्चै देशमा रहने अवस्थामा छैन ! देशको भविष्य गणतन्त्र आए पछिको दिन देखि विदेशीन थालेको छ । देशको भविष्य विदेशीनबाट जोगाउन हामीले नै केहि गर्नु पर्ने छ यो देशमा त्यसैले हामीले नया विचारको प्रतिपादन गरेका छौ राजनितिमा । हाम्रो देशमा भएका पार्टीको विचार र सिद्धान्त अनुसार अब पार्टीका अग्रजहरुको retirement हैन replacement गर्नु पर्छ किनकि पार्टीहरुको सिद्धान्त गलत छैन ,यहा त पार्टीका प्रमुख पात्र गलत छन् र त्यहि पात्र परिवर्तनको खेल अब खेल्नु छ देशको भविष्य देशमा रोक्नु छ ।

एउटा सन्देश नेपाली राजनितिमा जनताले दिन खोजेका छन ! हामी पुरानो नेतासंग आजीत भयौ हामीलाई नविन सोचको नेता चाहिएको छ भनेर जसलाई नेपालको राजनितिमा आएको परिवर्तनको भुकम्प पनि भन्न सकिन्छ । अहिले राजनितिमा हामी नेताहरुको retirement को पर्खाईमा हैन अब replacement गर्नु पर्छ भनेर लागेका छौ । परिवर्तनको सुरुवात हामीले हाम्रो पार्टीबाट सुरु गरेका छौ । हामी मिडिया बाजी , पव्लिक स्टण्टलाई भन्दा विचार र विकासलाई प्राथिमकता दिई रहेका छौ । त्यसैले नेपाल देशको भविष्य विदेशमा हैन स्वदेशमा छ भनेर अहिले यो सन्देश दिन हामी लागि परेका छौ । देशको माया कति छ र देश यदि बनाउने हो भने यो देश मै बसेर यहा भएका खराब र भ्रष्टहरुसंग लडेर हामीले नै बनाउने र परिवर्तन गर्ने हो भाई । यो शव्द मैले भनेपछि भाईले भन्नु भयो दाई तपाईले यदि भनेको कुरा भयो भने देशको भविष्य पक्कै पनि विदेश जादैन्न होला र स्वदेश मै रहन्छ । देशले प्रगति पनि गर्छ ।

संवाद छोटो थियो तर भाईको शव्द साच्चै घत लाग्ने र मनमा छुने थिए । देशमा परिवर्तन गर्न र देशको भविष्य विदेशिनेबाट जोगाउन No wait for retirement just replace them भन्ने शव्द अब पार्टीमा सुरु गर्नु पर्छ ।

-अरुण (सरकार )

७ वैशाख २०८२, आइतवार १९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु