वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

11.69K
shares

संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन भएका छन् । साथै महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । साथै सदस्यहरूमा उद्धव श्रेष्ठ, फणिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।

संस्था बोर्ड सदस्यहरुमा लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, बिनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाशबुढा थोकी, बेदप्रसाद अधिकारी रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अरुण अधिकारीले समाजले विश्वभरि फैलिएका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि, र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धतापूर्वक कार्य गर्नेमा जोड दिए । उनले भने, ‘हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै, नेपाली खानालाई विश्व व्यञ्जनमा स्थापित गर्न लागि पर्नेछौं।’

अन्तर्राष्ट्रिय नेपाली सेफ समाजले नेपाली सेफहरूलाई एक मञ्चमा ल्याई उनीहरूको अनुभव, सीप र पहिचानलाई साझा गर्दै, नेपाल र विदेशमा नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य लिएको छ ।

भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083