“Police of the Month” पुरस्कारद्वारा हवल्दार कुलबहादुर थापा सम्मानित

3.15K
shares

उक्त सम्मान वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दबाट प्रदान गरिएको हो।

हवल्दार थापाले assigned जिम्मेवारीलाई पूर्ण इमान्दारी, अनुशासन र उच्च मनोबलका साथ निर्वाह गर्दै समाजमा शान्ति–सुरक्षा स्थापना, नागरिकमा सुरक्षा अनुभूति दिलाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

थापाको उत्कृष्ट कार्यप्रति कदर गर्दै २०८१ सालको चैत महिनाको ‘उत्कृष्ट प्रहरी’ को रूपमा उनलाई “Police of the Month” पुरस्कारद्वारा सम्मान गरिएको हो।

सो अवसरमा डीएसपी चन्दले सबै प्रहरी कर्मचारीलाई इमान्दारिताका साथ कर्तव्य पालन गर्न प्रेरित गर्दै, “जसले संगठनमा इमान्दारितापूर्वक काम गर्छ, ऊ अवश्य पुरस्कृत हुन्छ,” भनी निर्देशन दिएका थिए। साथै, पुरस्कृत हवल्दार थापालाई बधाई समेत व्यक्त गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083