अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच फोनवार्ता

Nepal Life Insurance Long Ad

सिन्ह्वा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ ।

उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको छ ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई फोन गर्नुभएको ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ताले दिएको जानकारीअनुसार इरान र उत्तर कोरियाका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो ।

हालै उत्तर कोरियाले आणविक परीक्षण गरेको र त्यस लगत्तै दिएको भनिएको एक धम्कीपूर्ण वक्तव्यका बारेमा पनि कुराकानी गरेको उनले विज्ञप्तिमार्फत जानकारी दिउ । उनीहरुबीच द्धिपक्षीय व्यापारका साथै अन्य अन्तर्राष्ट्रिय मुद्धाहरुका बारेमा पनि कुराकानी भएको थियो ।

आगामी दिनमा आपसी हितका विषयमा समय समयमा सम्पर्कमा रहेर कुराकानी गर्ने विषयमा पनि उनीहरुबीच सहमति भएको बताइएको छ ।
उत्तर कोरियाली उप विदेशमन्त्री रि ताय सङले हालैमात्र एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगामी क्रिस्मसमा कस्तो किसिमको उपहार खोजेको हो त्यो स्पष्ट होस् भनेर धम्कीपूर्ण भाषामा बताएको छ ।

अमेरिकासँग पछिल्लो समयमा कूटनीतिक रुपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुगेको समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री आबेलाई फोन गरेका छन् ।

राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको उनको जापान भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यद्यपि यस भ्रमणको समयमा अमेरिकासँगको सम्बन्धका विषयमा कुनै कुराकानी नहुने इरानको भनाई छ । तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रहेर इरानको भ्रमण गरेका थिए ।

अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उहाँले इरानको भ्रमण गर्नुभएको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए ।

दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्ताहरुमा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।


सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२ असार ६ शुक्रवार

काठमाडौ । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२...

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ असार ५ बिहीवार

बिराटनगर ।  स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको...

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

२०८२ असार ५ बिहीवार

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...