तेक्वान्दोमा अब्बल सुनिता

Nepal Life Insurance Long Ad

घोराही । भारतमा भएको सिनियर महिला ४६ केजी तौल समूहमा दाङकी सुनिता विष्टले दुई स्वर्ण पदक जितेका छन् । घोराही–१० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पुस १२ गते भारतको पश्चिम बङ्गालको असानसोलमा भएको प्रथम खुला अन्तरराष्ट्रिय तेक्वान्दोतर्फ नेपालको प्रतिनिधित्व गर्दै उक्त समूहमा स्वर्ण जितेको हो ।

त्यसको दुई दिनपछि पुस १४ गते पश्चिम बङ्गालकै कोलकोत्तामा भएको सिनियर महिला १८ वर्षमाथि पुम्से विधामा थप स्वर्ण जिते । उनले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलमा आफ्नो क्षमता देखाएर सफलता पाएको छ । तर अन्तरराष्ट्रियस्तरमा भने उनले पहिलोपटक पदक जितेको हो ।  सानै उमेरमा आफ्नो लगनशीलता, मेहेनत र परिश्रमले देशको गौरवलाई खेलमार्फत परिचित गराएकी २० वर्षीया विष्ट घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । उनले पढाइसँगै आफ्नो खेललाई निरन्तरता दिए ।

न त उनको आफन्तमा कोही खेलमा रुचि राख्ने थिए । न त छरछिमेकी । न त उनको स्कूलमा कुनै खेलकूद हुन्थ्यो, न गाउँको वातावरण नै खेलकुदमय छ । खेलका लागि आफ्नो नजिकमा कुनै वातावरण नभए पनि ग्रामीण दूरदराजमा जन्मिएर उन अहिले खेलमा अब्बल सावितभएको छ । खेलकूदको कुनै वातावरण नभएको परिवार र गाउँमा जन्मिएकी सुनिता अहिले अन्तरराष्ट्रियस्तरको खेलाडी बनिसकेको छ ।

गाउँमा अझै उहाँ खेलाडीले लगाउने सेतो कपडा लगाएर हिँडेको, प्रतिस्पर्धाका लागि अभ्यास गरेको देख्दा आफन्त, छरछिमेकी खिसी गर्छन् । “खेल सिक्दा शारीरिक अभ्यासस्वरुप ‘पुसअप’ गर्दा हातमा ठेला परेको छ”, हत्केला देखाउँदै उनले भने, “हत्केला पछाडिको भागमा कालो रङ बसेको छ, छोरी मान्छेको खस्रो हात हुनु राम्रो लक्षण होइन भन्ने गर्छन ।” खेल खेल्दा आफन्तले बिहेको विषय उठाउने गरेको उ नलाई मन पर्दैन । महिलाको अन्तिम गन्तव्य नै बिहे भन्ने समाजलाई उनले त्यसको विपरीत मान्छे ‘कुट्ने’ खेल खेलेर सबैलाई चकित पारेको छ ।

कहिलेकाहीँ खेलमा सहयोग गर्ने भएनन् कि भन्ने अनुभव उनको मनमा आउँछ । विष्टले कक्षा ७ मा पढ्दादेखि नै खेल खेल्न थाले । हापुर गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्दै गर्दा स्व दिलीप केसीले उनलाई खेल्न सिका । तोक्वान्दोमा रुचि जगाए । सामान्यरुपमा खेल्दै सिक्दै गर्दा उनलाई अहिले तोक्वान्दो नशा, पेशा र दैनिकी बनेको छ । विसं २०७३ मा उहाँ बस दुर्घटनामा पारे । विष्टको देब्रे हात भाँच्चियो । रड हाल्नुप-यो । केही समय खेलबाट विश्राम लिनुप-यो । त्यसले उनको रुचि घटाएन ।, “हातको रड निकालेर फालेपछि फेरि तेक्वान्दो गुरु दीपक केसीसँग भेट भयो, उनले खेल्नको लागि प्रेरित गरे ।”

विद्यालयका बालबालिकालाई बिहानमा तेक्वान्दो सिकाए । आफु प्रत्येक दिन अभ्यास गरे । विष्ट हाल घोराहीको अल्फा तेक्वान्दो डोजाङ्ग क्लबसँग आबद्ध भएर खेलिरहेको छ । पर्याप्त खेलकूद प्रतियोगिताको आयोजना नहुनु, राज्यस्तरबाटै यसको बेवास्ताजस्ता कारणले उहाँलाई खिन्न बनाउँछ । जिम्मेवार निकायको सोच फराकिलो नबन्दासम्म देशको खेलकूदको अवस्था सुध्रिन नसक्ने उनको बुझाई छ ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...