सचिवालय बैठकमा प्रधानमन्त्री जवाफ:ओम्नी समुुुह सँगको सम्झौता मलाई जानकारी छैन

13.48K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समुुुह सँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा ब्रिफिङ गरेका थिए ।

उनले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई पूर्व जानकारी नै नभएको बताएको स्रोतले जनाएको छ । ‘डीजी (स्वास्थ्य सेवा विभागका महानिर्देशक) स्तरमा सम्झौता भएको हरेछ, त्यो मेरो जानकारीभन्दा बहिरको कुरा थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए ।

लगतै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले सरकारले गरिरहेको काम सकारात्मक भएको र त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेताहरुले यो संकटको घडीमा पार्टीभित्र एकता अझै मजबुत बनाउनुपर्नेमा जोड दिएको सचिवालयका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिएका छन् ।जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा आएको सुझावलाई पनि मनन गर्दै अघि बढ्ने बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083