कांग्रेस नेताले पत्रकारलाई धम्क्याएको भन्दै महासंघद्वारा निन्दा
वि.सं.२०७६ चैत २६ बुधवार १५:१०
shares

महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३ गते प्रभाव न्यूज डटकममा क्वारेन्टिनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार प्रकाशित भएपछि सभापति श्रेष्ठले सचिव चौलागाईलाई पैसामा बिकेर समाचार लखेको, भेटघाटमा राम्रै चिनजान हुन्छ’ भन्ने जस्ता शब्द प्रयोग गरी धम्क्याएका थिए।
‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति छ। त्यसलाई बेवास्ता गर्दै प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु आफैंमा निन्दनीय र दुःखद् विषय हो’ महासंघले विज्ञप्ति प्रकासित गरी भनेको छ, ‘ महासंघ यो घटनाको भर्त्सना गर्दै पत्रकारलाई स्वतन्त्र एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ।’
साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र सघाउन पनि सम्बन्धित सबैमा आग्रह गरिएको छ।































