अनेरास्ववियूले कसैलाई उजुरी दर्ताको माग गरेको छैन

12.45K
shares

काठमाडौ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियूले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध उजुरी दर्ता गराउन गएको समाचार अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्काले सत्य नभएको र उक्त व्यक्तिको फाइदाको लागी संगठनको नाम प्रयोग गर्नु गलत भएको बताएका छन् । संगठनको आफ्नै मुल्य,मान्यता तथा विधि भएको भन्दै गुट गत स्वार्थमा अनेरास्ववियू प्रयोग नहुने प्रष्ट पारेका छन् ।

उनले बाहिर हल्ला गरे जस्तो अनेरास्ववियूले कुनै अमुक मिडिया वहिष्कार गर्ने जस्ता कुनै पनि काम नगर्ने समेत बताएका छन् । पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिदै अनेरास्ववियूको एकता प्रक्रिया पनि पूरा गर्ने प्रक्रियामा छ ।अन्तर संघर्ष,बहस र बिधिसम्मत निर्णयले कम्युनिष्ट पार्टीलाई जिवन्त राख्दछ,भन्ने मार्क्सबादी भनाईलाई आत्मसात गर्दै स्वस्थ बहस,बिधिसम्मत छलफल र पद्दतिगत संगठन परिचालनमा जाेड दिएका छौ।

सत्ताकाे महिमागान गाउने,जनताकाे आवाजका बिरुद्ध उभिने,उपलब्ध राजनीतिक अधिकारकाे बिपक्षमा उभिने मण्डले बिद्यार्थी हाेईन,याे कसैकाे निहित स्वार्थका लागी उभिने लठैत संगठन पनि हाेईन, अतः संगठनलाई बिधि सम्मत चलाउन, एकताकाे भावनालाई सम्मान गर्न पर्छ उनले बताए।

जनता समाजवादी पार्टीका नेताहरू सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता गराउन सरकारी वकिलको कार्यालय काठमाडौंको कार्यालयभित्र रहेको बेला अनेरास्ववियू नगएको दाबी समेत गरे। संगठन भित्रको केही एक दुई जना गएकोमा अनेरास्ववियू नाम दिनु दुर्भाग्य भएको समेत बताए ।

मंगलबार दिउसो भट्टराई, यमी र पाण्डेले सांसद यादवको अपहरणबारे गलत सूचना सामाजिक संजालमार्फत फैलाएको दाबी गर्दै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ का विभिन्न दफाअनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न खोजिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083