संसदीय दलमा बहुमत पुर्‍याउने रस्साकस्सी: ओलीको पक्षमा धम्काएर हस्ताक्षर

9.04K
shares

काठमाडौँ — राष्ट्रिय सभा सदस्य शारदा भट्टले आफूलाई प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गर्न र नगरे जे पनि हुन सक्ने भन्दै दबाब आएको बताएकी छिन् । नेकपामा प्रधानमन्त्री र प्रधानमन्त्री इतरका समूहबीच संसदीय दलमा बहुमत पुर्‍याउने रस्साकस्सी चलिरहेको छ ।

त्यही मेसोमा केन्द्रीय सदस्य गौरीकुमारी ओलीले आफूलाई प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न बालुवाटार जानुपर्ने र नगए नराम्रो हुने भनेर धम्की दिएको भट्टले कान्तिपुरसित बताइ्न ।

‘मलाई शुक्रबार दिउँसो ४ बजेर ४ मिनेट जाँदा गौरी ओलीले फोन गर्नुभयो, प्रधानमन्त्रीको पक्षमा दस्तखत गर्न बालुवाटार जानुस भन्नुभयो, मैले मलाई गुट उपगुटको फोहोरी खेल मन पर्दैन कतै पनि जान्न भनें,’ भट्टले भनिन,‘त्यसपछि उहाँले प्रधानमन्त्रीसित टक्कर लिन गाह्रै पर्ला दिदी, भोलिको दिनमा जे पनि हुन सक्छ सम्हालिएर बस्नुस् भनिन ।’

७० वर्षीया भट्ट गत माघमा सुदुरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएर आएकी हुन् । कैलालीकी भट्टले ५३ वर्ष एमालेका विभिन्न संगठनमा रहेर काम गरिसकेकी छिन् । ‘गौरीले मलाई मैले नै तपाईंलाई राष्ट्रियसभा सदस्य बनाएको हो, मैले भनेको मान्नुभएन भने नेपालमा जे पनि हुन सक्छ भनेर धम्क्याइन ।’ भट्टले कान्तिपुरसँग भनिन् । डोटीकी ओली प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी मानिन्छिन् भने, भट्ट कुनै पनि गुटमा खुलेर लागेकी छैनन् ।
कान्तिपुर दैनिकीमा यो समाचार प्रकाशित छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083