मदन भण्डारी बिर्सिएकि राष्ट्रपति विद्यादेवी भण्डारी

12.84K
shares

श्याम रोक्का । जननेता मदन भण्डारी सादा जीवन, उच्च विचारमा विश्वास गर्थे। धेरै कुरा नगर्ने, राजनीतिक, सैद्धान्तिक कुरा मात्र गर्ने, साधारण जीवनशैली मनपराउने मदन प्रायः साइकलमा हिँड्थे।

ज्ञानेश्वरमा डेरामा बस्दै आएका मदनलाई महासचिव भए पछि उनको डेराका छिमेकी घरका व्यक्तिले भनेछन्, ‘तपाईं पार्टी महासचिव, म घर बनाइदिन्छु।’ उनले भनेछन्, ‘मलाई किन चाहियो घर? डेरा छँदै छ नि!’ त्यसपछि तिनै व्यक्तिले पुनः प्रस्ताव गरेछन्, ‘तपाईंको सुरक्षाका लागि साइकल होइन, कार जरुरी छ, म किनिदिन्छु।’ भण्डारीले उक्त प्रस्ताव पनि अस्वीकार गरेछन्। ‘त्यसपछि ती छिमेकीले मदनलाई आफ्नै कारमा राखेर हिँडाउन थाले’, भन्ने तथ्थ पढ्न पाइन्छ । पछि पार्टीले पजेरो किन्यो, जुन पजेरो दुर्घटनामा मदन र जीवराजको मृत्यु भयो।

तर उनकै श्रीमती विद्या देवी भण्डारी राष्ट्रपति छिन् । राष्ट्रपति पनि दुई कार्यकाल करिब-करिब ५ वर्ष पुग्दै छ।
उनले यो अवधिमा धेरै पटक विवाद सिर्जना गरेकी छिन् ।

कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको सरकारले भेन्टिलेटर पनि निक साइमन्स् नामक एनजिओबाट अनुदानमा ल्याएको छ । तर, यही वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारीले फेरि जननेता मदन भडारीको याद दिलाउ छ।

राष्ट्रपति कार्यालयको दुईवटा ठूला हलका लागि मात्र करिब ३०-३० लाख रुपैयाँ पर्ने गलैैँचा राख्न लागिएको छ । त्यस्तै, अन्य कोठाहरूमा करिब ४० लाखको गलैँचा राख्ने तयारी छ । आर्थिक अभावले सरकारले कोरोना भाइरस टेस्ट गर्ने पर्याप्त कीट उपलब्ध गराउन सकेको छैन भने गुणस्तर क्वारेन्टाइन र आइसुलेन्स निर्माण गर्न सकेको छैन। जनता भोक- भोकै सडकमा नाम्लो छात्तिमा टासेर मर्न बाध्य छन् । तर यस्तो बेला जनताको चिन्ता भन्दा धेरै उनलाई विलासिकताको समान खरिदमा चटारो छ।

पटक-पटक आलोचनात्मक कदम चाल्ने राष्ट्रपति   भण्डारी औपचारिक सवारीको कारण नागरिकहरूले सास्ती पाउछन् त कहिले महँगो गाडीको डिमान्डले जनताको मन रुवाउ छ। गणतन्त्रात्मक नेपालको राष्ट्रपतिले ‘राजा महाराजाको जस्तो बारम्बार सेवा सुविधा खोज्दा साच्चै विद्यादेवीले जननेता मदन बिर्सेकै हुन् त भन्ने प्रश्न उब्जने गरेको छ।