बाँके दुर्घटना अपडेट : १२ को मृत्यु

7.11K
shares

बाँके। बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो  भने एक जनाकाे उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।