एमसीसी खारेजीको माग गर्दै विद्यार्थी नेताहरूले गरे नेकपा नेता खनाल संग भेट
वि.सं.२०७७ जेठ २२ बिहीवार १६:५७
shares

काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा उत्रिएका अनेरास्ववियूका विद्यार्थीहरु नेकपा वरिष्ठ नेता झलनाथ खनालको निवास पुगेर एमसिसी खारेज गर्न माग गरेका छन् !
सरकारले एमसीसी कोषको विकासका नाममा अाउने पैसा राष्ट्रियता माथिको घुमारो अाक्रमण हुने र कालन्तरमा नेपालको नेपाल अमेरिकी सैन्य क्रिडा स्थल बन्ने, कतिपय बुदाहरुले नेपालको राष्ट्रिय स्वधिनताको धज्जी उडाउने भन्दै विद्यार्थी नेताहरू नेता खनाल सग एमसिसी खारेज माग गर्न निवास पुगेका हुन् ।उक्त भेटमा नेता खनालले युवाहरुले गरेको खवरदारिको प्रशंसा गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर लडिरहन सुझाव दिदै, एमसिसिमा रहेका राष्ट्र र राष्ट्रियताको अहितमा रहेका बुँदाहरु परिमार्जन बिना कुनैपनि हालता पास नहुने बिश्वस्त तुल्याएका छन्।
उक्त भेटमा विद्यार्थी नेताहरु रबिन बस्नेत, उपदेश यादव ,महेश श्रेष्ठ, समीर बुढाथोकी, निर्ग जैसी , सागर के सि , सन्जीव चौधरी , निरोज श्रेष्ठ , अशोक थापा ,पुजा कडेल,भुमि अधिकारी लगाएतको उपस्थिति रहेको एक विद्यार्थी नेता उपदेश यादवले बताएका छन् ।































