थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ जेठ २२ बिहीवार १६:५६
10.95K
shares
shares

काठमाडौं । बिहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ । हालसम्म २९० जनाले कोरोना जितेर घर फर्किएका छन् ।
कोरोना संक्रमणमुक्त हुनेहरुमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन् । अहिले देशभरका २१ स्थानबाट कोरोना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिनुभयो ।
गत २० गते मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० पुगेको छ ।




























