संसदमा सरिता गिरी भारतीय दलालको रुपमा प्रस्तुत, देशकै लज्जा !

70.1K
shares

काठमाडौ । नेकपा सांसद गंगा चौधरीले प्रतिनिधिसभामा गत १९ जेठको बैठकमा ‘नेपालको संसदभित्र भारतीय चेलीको दादागिरी’ चलेको भन्ने अभिव्यक्ति दिए पछि सरिता गिरीले त्यसको जवाफ फेरि चौधरीलाई तिमी चीनिया दलाल भनिन् । रगत उमाल्ने अभिव्यक्ति दिएको भन्दै गिरीले आफ्नो पदको मर्यादाका कारणले मात्रै उनलाई भौतिक आक्रमण नगरेको समेत चेतावनी दिइन् ।

सांसद अमृतादेवी अग्रहरिले पनि चौधरीको भनाइप्रति आपत्ति जनाइन । अग्रहरिले नामै किटेर चौधरीको कडा आलोचना गरिन् । संसदमा जो कसैले खुन ठण्डा गरेर आउनुपर्ने र कसैको खुन तातो छ भने बागमतीमा गएर छलाङ मार्नुपर्ने उनको भनाइ थियो ।

‘यहाँ हिन्दी भाषाको कुरा आएको छ । हामीलाई जुन भाषामा बोल्न सहज हुन्छ त्यही भाषा बोल्छौँ । हामीले शपथग्रहण पनि हिन्दी भाषामै लिएको हो भनेर ध्वास दिइन् । यसरी एकले अर्कोलाई देशको गरिमामय सदनमा चीनिया दलाल र भारतीय दलाल देख्नु राष्ट्रकै लज्जाको विषय हो।