जेठ २५ गतेदेखि विभिन्न उद्योग व्यावसायलाई सञ्चालनमा ल्याउन सिफारिस

23.34K
shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि विभिन्न उद्योग व्यावसायलाई सञ्चालनमा ल्याउने सिफारिस गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यस्ता सवारीमा क्षमताभन्दा आधा मत्रै यात्रु राख्ने गरी सञ्चालन गर्न समितिले प्रस्ताव गरेको हो । त्यस्तै असार १ गतेबाट भने लामोदूरीको यातयात समेत सञ्चालन गर्ने प्रस्ताव समितिले गरेको छ । यस्ता यातयातमा पनि सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाइने सिफारिस गरेको छ ।

त्यस्तै जेठ २५ गतेदेखि दैनिक उपभोग्य सामग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, दुई पाङग्रे सावरी साधन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु सञ्चालनमा ल्याउने प्रस्ताव समितिले गरेको छ ।

त्यस्तै असार १ गतेदेखि भने सवै प्रकारका उद्योग व्यावसाय सञ्चालनमा आउने प्रस्ताव समितिको छ ।
आन्तारिक हवाई सेवा (यात्रु क्षमताको आधा संख्यामात्रै), धार्मिकस्थलहरु, निश्चित समय तोकि मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसल र सपिङ मलहरु सञ्चालन गर्ने प्रस्ताव समितिले गरेको छ ।