तीन लाख घुससहित पाल्पाका वडाध्यक्ष पक्राउ
वि.सं.२०७७ जेठ २४ शनिवार १२:१२
12.4K
shares
shares

काठमाडाैँ । लाख घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङगढीका वडाध्यक्ष देबेन्द्र पुन ३ लाख घुस रकमसहित शनिबार बिहान पक्राउ परेका हुन् ।
रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग ३ लाख घुस लिने क्रममा अख्तियार दुुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो । काठको काम गर्ने एक ब्यवसायीसँग काठ लिलामीको काममा सहजीकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको आख्तियार कार्यालय बुुटवलका सूूचना अधिकृत सुुरेश भुसालले जानकारी दिए । पुनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।































