एमसीसीकाे बिराेध गर्दा विद्यार्थी माथि प्रहरीको पानीको फोहोरा र लठ्ठी चार्ज !

14.69K
shares

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ ।युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी खारेजीको माग गर्दै नारा लगाएका छन् । प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले प्रहार गरेको लाठीका कारण टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेतालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

प्रहरी हस्तक्षेपवाट अनेरास्ववियूका नेता भुमिराज अधिकारी, समीर वुढाथोकी, निर्ग नवीन, संजिव चौधरी, संजिव फुयाल, दुधराज तामाङ, हिक्मत महरा, निरोज श्रेष्ठ लगायत नेता कार्यकर्ता घाईते भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083