प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

6.01K
shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले  संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएपनि  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेटलगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको प्रत्युत्तरको जवाफ दिने सिलसिलामा बोल्ने थाहा भएको छ।  लकडाउनको  निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ।
आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ।
आजको  मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए।  लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ।लकडाउनकाे  माेडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता मात्रै विज्ञहरुसँग छलफल गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083