लकडाउनको मोडालिटी परिवर्तनको अन्तिम रुप दिन मन्त्रिपरिषद बैठक बस्दै

6.11K
shares

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गर्न आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीतिलाई अन्तिम रुप दिने सरकारको तयारी छ । हिजो बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ स्थगित भएको थियो ।

लकडाउनको आज ८०औं दिन हो । सर्वसाधारण र व्यवसायीहरुले लकडाउन उल्लंघन गर्न थालेका छन् । कोरोना संक्रमितको संख्या भने ४ हजार नाघेको छ । संक्रमितको संख्या बढेसँगै सरकार लकडाउन लम्व्याउने पक्षमा छ ।

तर, बढी संक्रमित रहेको स्थानमा कडाई गर्ने र संक्रमित संख्या न्यून भएका ठाउँहरुमा खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउने सरकारको तयारी छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासित परामर्श गर्दै लकडाउनको मोडालिटी तयार पारेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083