लकडाउन खुकुलो हुने भनेपनी: न सवारी चल्न दिएको छ, न सटरहरु खुल्न दिएको छ!

20.89K
shares

काठमाडौं । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन ।

विहीबार बिहान प्रहरीले नयाँबानेश्वर कोटेश्वर र चाबहिल लगायत काठमाडौका विभिन्न स्थानमा केही मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिएको छ भने सटर पसलहरु खोल्न दिएको छैन। यो सो हुँदा सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको छ भने माथीकि आदेश भन्दै उनीहरुलाई गन्तव्यमा जान नदिई रोकेर राखेका छन् र सटर पसलहरु खोल्न दिएको छैन।

मोटरसाइकल चालकहरु सरकारले पसल व्यवसाय चलाउन दिने र जोर कि बिजोर प्रणालीका आधारमा गाडी चल्न दिने भनेको बताउँदै थिए । तर, प्रहरी भने सरकारको निर्णय आफूहरुसम्म आइनपुगेको जवाफ दिइरहेका थिए ।

बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषदले जनसरोकारको महत्वपूर्ण विषयमा निर्णय गरेको भएता पनि मन्त्रीहरु बैठकपछि घर–घरमा सुत्न गए । उनीहरुले सरकारको निर्णयको औपचारिक जानकारी मिडियालाई दिएनन् । राति एक मन्त्रीको जवाफ थियो, ‘अब भोलि दिउँसो मात्रै प्रवक्ताले पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी गराउनुहुनेछ ।’

८० दिनसम्मको लकडाउनबाट उकुसमुकस भएको जनजीवन कतिखेर लकडाउन खुकुलो होला र काम गर्न पाइएला भन्ने चिन्तामा छ । तर, सरकारी अधिकारीहरुको काम गराइचाहिँ पुरानै पाराको छ ।
आज विहीबार जोर नम्बरका सवारी साधन चलाउन पाइन्छ कि बिजोर नम्बरका थाहा छैन भने पसल खोल्ने समय व्यापारीलाई थाहा छैन!


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083