कुवेतबाट आममाफी पाएका नेपाली लिएर जहाज काठमाण्डौ अवतरण

Nepal Life Insurance Long Ad

काठमाण्डौ – कुवेतबाट नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको पहिलो जहाज काठमाण्डौ विमानस्थलमा साढे ११ बजे अवतरण गरेको हो ।

कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन् । उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन् । होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाण्डौकै आपतकालीन क्वरेण्टीनमा राखिने छ । आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ ।
तर त्यसका लागि यात्रा गर्न नसक्ने कुरा स्वास्थ्य यूनिटले प्रमाणित गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ ।
त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ । कुवेतबाट दोस्रो जहाज १ बजेर ३० मिनेटमा काठमाण्डौ आइपुग्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

२९ जेठ २०७७, बिहीवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु