सरकार विरुद्ध सडकमा जन-आक्रोश, प्रहरीको प्रदर्सनकारी माथिको आक्रोश ! (फोटोफिचर)

काठमाडौ ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका छन् ।

सर्वसाधारण शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिदा सरकार भने त्यसलाई दमन गर्न बल प्रयोगमा उत्रिएको छ । बिहीबार पनि गरिएको शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार भएको छ ।

२९ जेठ २०७७, बिहीवार १४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु