सेनाले मेडिकल सामग्री खरिद नगर्ने

6.6K
shares

काठमाडौँ ।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका मेडिकल सामान खरिदको प्रक्रियाबाट नेपाली सेना बाहिरिएको छ।चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता गरेको भन्दै संगठनको बदनाम भएको भन्दै मेडिकल सामान खरिदको प्रक्रियाबाट बाहिरिएको हो।

ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए। विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भएपछि सैनिक नेतृत्व रक्षामन्त्रीले फसाएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

सेनाले चीनबाट ६७ वटा शीर्षकमा विभिन्न प्रकारका मेडिकल सामग्री खरिद गरी नेपाल ल्याएको छ। सेनाले चीनसँग बैसाखको पहिलो साता सम्झौता गर्दै जेठ ३ गते पहिलोपटक स्थलमार्ग हुँदै मेडिकल सामग्री नेपाल ल्याएको थियो। साथै सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत् पनि दई पटक मेडिकल सामग्री नेपाल ल्याइसकेको छ।

राष्ट्रिय सेना ठेक्कापट्टा र मन्त्रीहरूको स्वार्थबमोजिमका सामग्री खरिदमा लागेको भन्दै आलोचना भएपछि सरकारले जिम्मेवारी दिएपनि मेडिकल सामग्री खरिद नगर्ने सैनिक नेतृत्वले सरकारलाई जानकारी गराइसकेको छ । सैनिक स्रोतले भन्यो– ‘अब सेनाले मेडिकल सामग्री खरिद गर्दैन। यो विषयमा प्रधानमन्त्री तथा विभागीय रक्षा मन्त्रालयमा औपचारिक रुपमै पत्रचार गरिसकेका छौं।’


divya collage
unigloble collage