प्रेस संगठनको एसोसियट प्रदेश कमिटी गठन

8.75K
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले एसोसियट प्रदेश संगठन कमिटी गठन गरेको छ । बुधबार राजधानीमा पत्रकारहरु भेला भई प्रदेश संगठन कमिटी गठन गरेका हुन ।

विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुले प्रेस संगठन एकताको लामो समयपछि प्रदेश कमिटी गठन गरेका छन । प्रदेश संगठन कमिटीको संयोजकमा धु्र्व लम्साल र सह-संयोजकमा केशवराज खनाललाई केही समय अघि नै संगठनले जिम्मेवारी तोकेको भए पनि सदस्यहरुको भने टुंगो लागेको थिएन ।

पछिल्लो समय कोरोना महामारीका कारण संगठनलाई पुर्णता दिन नसकेपनि बुधबार सामाजिक दुरी कायम राखेर गरिएको पत्रकाहरुको भेलाले कमिटीलाई पुर्णता दिएको इन्चार्ज सइन्द्र राइले जानकारी दिए । नवगठित कमिटीका सदस्यहरुमा डब्वु क्षेत्री, डीबी खड्का, दीपेन्द्र विक्रम तामाङ, दीपेन्द्र गुरुङ, समिर बलामी, श्रीहरी थापा, सानुवावु डंगोल, पवित्रा मुडभरी, रोयल आचार्य, कश्यप न्यौपाने, श्रीधर पौडेल र नरेश न्यौपाने रहेका छन ।

त्यस्तै लामो समयदेखि व्यवसायिक पत्रकारीता गर्दै आएका उमेशचन्द्र अधिकारी, विष्णु सुवेदी, रघुनाथ सापकोटा, सन्तोषकुमार थापा र स्मिथु घिसिङ पनि नयाँ बनेको प्रदेश संगठन कमिटीका सदस्य रहेका छन । कमिटीमा महिला पत्रकारहरुको उपस्थिति न्युन रहेकोले आवश्यक छलफल र परामर्शपछि थप गरिने राईले बताए  ।