अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका नेपाली जोडी जेल चलान
वि.सं.२०७७ असार ११ बिहीवार १०:०८
11.86K
shares
shares

काठमाडौं।सोमबार अस्ट्रेलियाको सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली जोडीलाई आज जेल चलान गरिएको छ ।
प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ ।
उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो । उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।













