मेघगर्जन र चट्याङसहित वर्षा हुने, होसियारी अपनाउन आग्रह

7.98K
shares

काठमाडाैं । केही दिनदेखि जारी वर्षा आज (बिहीबार) पनि रोकिएको छैन। अहिले बिहान पनि सबै प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने मुसलधारे वर्षाको समेत सम्भावना छ।

यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने क्षेत्रमा बाढीरपहिरो, डुबान तथा यातायातमा अवरोधजस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ।भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने महाशाखाकाे अनुमान रहेकाे जनाइएकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083