चट्याङ लागेर एकाबिहानै चार महिलाको मृत्यु

9.4K
shares

सिमरा। बाराका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङ लागेर बिहीबार बिहान चार महिलाको मृत्यु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार चट्याङ लागरे अन्य ७ जना घाइते भएका छन् ।

बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका महिलाहरुको चट्याङ लागेर मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो रहेका छन् ।

उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।चटयाङ लागेर घाइते भएका फेटा गाउँपालिकाका सात जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ ।

विहानैबाट मौसममा आएको परिवर्तनका कारण चट्याङ पर्ने सम्भावना अझै रहेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083