गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने
वि.सं.२०७७ साउन २ शुक्रवार १९:०८
9.23K
shares
shares

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत लगानी गर्ने घोषणा गरेको हो ।
अबको ५ देखि ७ वर्षभित्र भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने गुगलको योजना छ ।
भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागेको जनाइएको छ।































